http://www.rajdhani.com.np/en/interview/-----/12682
० पहिलो उपन्यासबाटै निकै चर्चा
बटुल्नुभयो । यो चर्चालाई आगामी प्रकाशनहरूमा पनि टिकाइरहन सक्छुजस्तो लाग्छ ?
– मेरो पहिलो उपन्यास ‘तोदा’लाई पाठकहरूले यति मन पराइदिनु भएकोमा म अत्यन्त खुसी छु । मेरो मेहनत सफल भएको भन्ने ठानेकी छु । ‘तोदा’बाट प्राप्त पाठकहरूको स्नेहलाई मैले मेरा आगामी लेखनहरूमा पनि जोगाइराख्नुपर्छ । यो नै मेरा लागि चुनौती हो । तर, म यो चुनौतीलाई सहर्ष स्विकार्छु । आगामी उपन्यासमा अझ जिम्मेवार किसिमले प्रस्तुत हुन चाहन्छु । नयाँ विषयवस्तु र नयाँ शैलीको खोजीमा म सधैँ लागिरहनेछु ।
० तोदाका पाठकलाई कत्तिको न्याय गरेकी छु जस्तो लाग्छ ? खास के छ तोदामा ?
– ‘तोदा’मा नेपाली र इजरायली महिलाका आआङ्खनै खालका संघर्ष र पीडालाई मैले एक ठाउँमा एकाकार गराउन खोजेकी छु । मैले यसमार्फत मानवीय संवेदनाको पक्षलाई उठाउन खोजेकी छु । नेपालको आन्तरिक द्वन्द्वका कारण नेपाली नारीहरूमा परेको असर, समाजमा परेको असर, समाजको अर्थतन्त्रमा परेको असरलाई मैले ‘तोदा’मा देखाउन खोजेकी हुँ । ‘तोदा’मा नेपाली नारीको समस्या र पीडाका पछाडि विद्यमान आर्थिक, सामाजिक र राजनीतिक पक्षलाई प्रकट गर्न खोजेकी छु । आदरणीय पाठकहरूले ‘तोदा’को त्यो पक्षलाई रुचाइदिनुभएको छ । त्यसैले मैले आदरणीय पाठकप्रति अन्याय गरेकी छैन जस्तो लाग्छ ।
० उपन्यासको नामकरण हिब्रु भाषामा गर्नुको कारण ?
– धेरै ठूलो कारण हैन । अलिकति नवीनताको चाहना पनि हो । अलिकति पृथक् देखिने चाहना पनि हो । तर, यति मात्र पनि होइन । ‘तोदा’की मुख्य पात्र पार्वतीले आङ्खनो जीवन र सोचमा प्रभाव पार्ने र उनको संघर्षमा साथ दिने सबैलाई धन्यवाद भनेकी छन् । धन्यवादलाई हिब्रु भाषामा ‘तोदा’ भनिँदोरहेछ । शीर्षकले उपन्यासको मुख्य परिवेश र पृष्ठभुमिलाई पनि दर्साओस् भन्ने मेरो चाहना हो । उपन्यासको यो नाम चयनपछाडिको मेरो मनोविज्ञान यही हो ।
० तोदाकी पार्वतीमा कति प्रतिशत उमा सुवेदीको उपस्थिति छ ?
– मलाई धेरैले गरेको प्रश्न हो यो । तर, पार्वतीमा मेरो सीमित मात्र उपस्थिति छ । पार्वती मैले देखेका र बुझेका व्यक्तिहरूको प्रतिनिधि चरित्र हो । पार्वतीको चरित्र एकै व्यक्तिको प्रभावमा निर्माण भएको होइन । त्यसमा धेरै चरित्रहरू मिसिएका छन् । नेपालमा महिलाहरूले उपन्यास लेख्दा उपन्यासका मुख्य पात्रमा लेखकलाई खोज्ने परिपाटी अलिक बढी नै छ । तर, पार्वती र उमा सुवेदीले भोगेका केही स्थितिहरू समान होलान् । तर, हामी दुईबीच निकै भिन्नता छ ।
० हाल उपन्यासलेखनको बाढी चलेको छ । उपन्यासको बजारमा तोदाको स्थान कहाँ छ जस्तो लाग्छ ?
– यो समय नै आख्यानको हो । त्यसैले आख्यान बढी पढिनु स्वाभाविक जस्तो लाग्छ । पाठकहरू हुनुहुन्छ र आख्यानहरूको बजार विस्तार भएको छ । आख्यान बजारमा बिक्ने तर पाठकहरूले मनमा राख्ने कुरा हो । ‘तोदा’लाई धेरै पाठकले मन पराउनुभएको छ । त्यसैले बजारमा तोदाको स्थान कहाँ छ भन्ने भन्दा पनि पाठकको मनमा तोदाले राम्रो स्थान बनाएको कुरामा म ढुक्क छु ।
० उपन्यासमा कतिपय ठाउँमा
अतिनाटकीकरण भएको छ भन्नेहरूलाई
तपाईंको जबाफ के छ ?
– मैले उपन्यास पाठकमाझ प्रस्तुत ग™िसकेकी छु । अब मैले उपन्यासका बारेमा धेरै स्पष्टीकरण दिइरहनुपर्छ जस्तो लाग्दैन । मैले उपन्यासमा उल्लेख गरेका घटनाहरू विश्वसनीय हुन् भन्ने कुरामा सचेतता अपनाएकी छु । यदि कुनै घटना हुनै नसक्ने, घट्नै नसक्ने भए मात्र त्यो अतिनाटकीय हुन्छ जस्तो मलाई लाग्छ । म त्यस्तो अतिनाटकीयताबाट जोगिन नै चाहन्छु । तर, यदि कसैले ‘तोदा’मा केही अतिनाटकीयता छ भन्नुहुन्छ भने म तर्क गर्न चाहन्नँ । हरेक पाठकको उपन्यास पठनको आङ्खनो तरिका हुन्छ । मैले त्यसमा हस्तक्षेप गर्नु हुँदैन ।
० तोदा हिटलरले यहुदीमाथि गरेको बर्बरताको कथा हो या इजरायलमा महिला कामदारको संघर्षको कथा ?
– मूल कथा त इजरायलमा रहेका महिला कामदारकै कथा हो । पाठकहरूले पनि त्यही रूपमा लिनुभएको छ । तर, मुख्य परिवेश इजरायलकै भएको र महिला कामदारले त्यहाँ इजरायली वृद्धाहरूसित समय बिताउनुपर्ने भएको र तोदाका प्रमुख पात्रहरू पनि केयरगिभर नै भएकाले त्यहाँका वृद्धाहरूको कथाहरू उपन्यासमा आउनु स्वाभाविक हो जस्तो लाग्छ । घटना, उपघटना, उपकथाहरूकै माध्यमबाट त उपन्यासको कथानक अगाडि बढ्ने हो नि । त्यसैले यहुदी महिलाहरूको भोगाइ तोदामा उल्लेख हुनु स्वाभाविक नै होे जस्तो लागेको छ, मलाई ।
० हाल कृति सम्पादन गराउने चलन बढेको छ । यसमा तपाईंको मत के छ ?
– सम्पादन हुनुपर्छ भन्ने मलाई लाग्छ । विशेषतः आख्यानको सम्पादन हुनुपर्छ भन्ने मलाई लाग्छ । आख्यानको पहिलो सम्पादक त लेखक आफैं पनि हुनुपर्छ । एकसरो लेखिसकेपछि त्यसमा लगातार पुनर्लेखन गरिरहनुपर्छ । मैले लगभग तीन वर्ष लगाएर ‘तोदा’ लेखेकी हुँ ।
उमा सुवेदी नेपाली साहित्यमा उदाउँदै गरेकी लेखिका हुन् । ‘तप्किएर अञ्जुलीमा’ (गजलसंग्रह, २०६७) र ‘तिर्सनाका छालहरू’ (गीतिसंग्रह, २०६८) जस्ता कृति प्रकाशन गराइसकेकी उमाको सद्य प्रकाशित उपन्यास ‘तोदा’ हाल चर्चामा छ । वैदेशिक रोजगारीको सिलसिलामा आधा दशक इजरायल बसेकी उमाले त्यहाँ बटुलेका दुःखसुखका अनुभव तथा दोस्रो विश्वयुद्धमा हिटलरले यहुदीमाथिको गरेका क्रुर नरसंहारलाई ‘तोदा’ को विषयवस्तु बनाएकी छन् । प्रस्तुत छ उपन्यासकार उमा सुवेदीसँग तोदामा केन्द्रित रहेर राजधानीका लागि दुर्गा पौडेलले गरेको कुराकानी ः
० पहिलो उपन्यासबाटै निकै चर्चा
बटुल्नुभयो । यो चर्चालाई आगामी प्रकाशनहरूमा पनि टिकाइरहन सक्छुजस्तो लाग्छ ?
– मेरो पहिलो उपन्यास ‘तोदा’लाई पाठकहरूले यति मन पराइदिनु भएकोमा म अत्यन्त खुसी छु । मेरो मेहनत सफल भएको भन्ने ठानेकी छु । ‘तोदा’बाट प्राप्त पाठकहरूको स्नेहलाई मैले मेरा आगामी लेखनहरूमा पनि जोगाइराख्नुपर्छ । यो नै मेरा लागि चुनौती हो । तर, म यो चुनौतीलाई सहर्ष स्विकार्छु । आगामी उपन्यासमा अझ जिम्मेवार किसिमले प्रस्तुत हुन चाहन्छु । नयाँ विषयवस्तु र नयाँ शैलीको खोजीमा म सधैँ लागिरहनेछु ।
० तोदाका पाठकलाई कत्तिको न्याय गरेकी छु जस्तो लाग्छ ? खास के छ तोदामा ?
– ‘तोदा’मा नेपाली र इजरायली महिलाका आआङ्खनै खालका संघर्ष र पीडालाई मैले एक ठाउँमा एकाकार गराउन खोजेकी छु । मैले यसमार्फत मानवीय संवेदनाको पक्षलाई उठाउन खोजेकी छु । नेपालको आन्तरिक द्वन्द्वका कारण नेपाली नारीहरूमा परेको असर, समाजमा परेको असर, समाजको अर्थतन्त्रमा परेको असरलाई मैले ‘तोदा’मा देखाउन खोजेकी हुँ । ‘तोदा’मा नेपाली नारीको समस्या र पीडाका पछाडि विद्यमान आर्थिक, सामाजिक र राजनीतिक पक्षलाई प्रकट गर्न खोजेकी छु । आदरणीय पाठकहरूले ‘तोदा’को त्यो पक्षलाई रुचाइदिनुभएको छ । त्यसैले मैले आदरणीय पाठकप्रति अन्याय गरेकी छैन जस्तो लाग्छ ।
० उपन्यासको नामकरण हिब्रु भाषामा गर्नुको कारण ?
– धेरै ठूलो कारण हैन । अलिकति नवीनताको चाहना पनि हो । अलिकति पृथक् देखिने चाहना पनि हो । तर, यति मात्र पनि होइन । ‘तोदा’की मुख्य पात्र पार्वतीले आङ्खनो जीवन र सोचमा प्रभाव पार्ने र उनको संघर्षमा साथ दिने सबैलाई धन्यवाद भनेकी छन् । धन्यवादलाई हिब्रु भाषामा ‘तोदा’ भनिँदोरहेछ । शीर्षकले उपन्यासको मुख्य परिवेश र पृष्ठभुमिलाई पनि दर्साओस् भन्ने मेरो चाहना हो । उपन्यासको यो नाम चयनपछाडिको मेरो मनोविज्ञान यही हो ।
० तोदाकी पार्वतीमा कति प्रतिशत उमा सुवेदीको उपस्थिति छ ?
– मलाई धेरैले गरेको प्रश्न हो यो । तर, पार्वतीमा मेरो सीमित मात्र उपस्थिति छ । पार्वती मैले देखेका र बुझेका व्यक्तिहरूको प्रतिनिधि चरित्र हो । पार्वतीको चरित्र एकै व्यक्तिको प्रभावमा निर्माण भएको होइन । त्यसमा धेरै चरित्रहरू मिसिएका छन् । नेपालमा महिलाहरूले उपन्यास लेख्दा उपन्यासका मुख्य पात्रमा लेखकलाई खोज्ने परिपाटी अलिक बढी नै छ । तर, पार्वती र उमा सुवेदीले भोगेका केही स्थितिहरू समान होलान् । तर, हामी दुईबीच निकै भिन्नता छ ।
० हाल उपन्यासलेखनको बाढी चलेको छ । उपन्यासको बजारमा तोदाको स्थान कहाँ छ जस्तो लाग्छ ?
– यो समय नै आख्यानको हो । त्यसैले आख्यान बढी पढिनु स्वाभाविक जस्तो लाग्छ । पाठकहरू हुनुहुन्छ र आख्यानहरूको बजार विस्तार भएको छ । आख्यान बजारमा बिक्ने तर पाठकहरूले मनमा राख्ने कुरा हो । ‘तोदा’लाई धेरै पाठकले मन पराउनुभएको छ । त्यसैले बजारमा तोदाको स्थान कहाँ छ भन्ने भन्दा पनि पाठकको मनमा तोदाले राम्रो स्थान बनाएको कुरामा म ढुक्क छु ।
० उपन्यासमा कतिपय ठाउँमा
अतिनाटकीकरण भएको छ भन्नेहरूलाई
तपाईंको जबाफ के छ ?
– मैले उपन्यास पाठकमाझ प्रस्तुत ग™िसकेकी छु । अब मैले उपन्यासका बारेमा धेरै स्पष्टीकरण दिइरहनुपर्छ जस्तो लाग्दैन । मैले उपन्यासमा उल्लेख गरेका घटनाहरू विश्वसनीय हुन् भन्ने कुरामा सचेतता अपनाएकी छु । यदि कुनै घटना हुनै नसक्ने, घट्नै नसक्ने भए मात्र त्यो अतिनाटकीय हुन्छ जस्तो मलाई लाग्छ । म त्यस्तो अतिनाटकीयताबाट जोगिन नै चाहन्छु । तर, यदि कसैले ‘तोदा’मा केही अतिनाटकीयता छ भन्नुहुन्छ भने म तर्क गर्न चाहन्नँ । हरेक पाठकको उपन्यास पठनको आङ्खनो तरिका हुन्छ । मैले त्यसमा हस्तक्षेप गर्नु हुँदैन ।
० तोदा हिटलरले यहुदीमाथि गरेको बर्बरताको कथा हो या इजरायलमा महिला कामदारको संघर्षको कथा ?
– मूल कथा त इजरायलमा रहेका महिला कामदारकै कथा हो । पाठकहरूले पनि त्यही रूपमा लिनुभएको छ । तर, मुख्य परिवेश इजरायलकै भएको र महिला कामदारले त्यहाँ इजरायली वृद्धाहरूसित समय बिताउनुपर्ने भएको र तोदाका प्रमुख पात्रहरू पनि केयरगिभर नै भएकाले त्यहाँका वृद्धाहरूको कथाहरू उपन्यासमा आउनु स्वाभाविक हो जस्तो लाग्छ । घटना, उपघटना, उपकथाहरूकै माध्यमबाट त उपन्यासको कथानक अगाडि बढ्ने हो नि । त्यसैले यहुदी महिलाहरूको भोगाइ तोदामा उल्लेख हुनु स्वाभाविक नै होे जस्तो लागेको छ, मलाई ।
० हाल कृति सम्पादन गराउने चलन बढेको छ । यसमा तपाईंको मत के छ ?
– सम्पादन हुनुपर्छ भन्ने मलाई लाग्छ । विशेषतः आख्यानको सम्पादन हुनुपर्छ भन्ने मलाई लाग्छ । आख्यानको पहिलो सम्पादक त लेखक आफैं पनि हुनुपर्छ । एकसरो लेखिसकेपछि त्यसमा लगातार पुनर्लेखन गरिरहनुपर्छ । मैले लगभग तीन वर्ष लगाएर ‘तोदा’ लेखेकी हुँ ।
निकै पल्ट पुनर्लेखन गरेकी छु यसमा । केही अग्रज लेखकहरूलाई पाण्डुलिपि देखाएर उहाँहरूका सुझाव–सल्लाह पनि लिएकी छु । सम्पादनले कृतिलाई चुस्त बनाउन मद्दत गर्छ । उपन्यासमा हुने रिपिटेसन, अति विवरणजस्ता कुराहरू सम्पादनकै क्रममा फेला पर्छन् । नेपालमा अझै सम्पादनको महत्वलाई हामीले बुझिसकेका छैनौं । भाषासम्पादनमा त निकै जना दक्ष हुनुहुन्छ । तर, कन्टेन्टको सम्पादन गर्ने दक्ष सम्पादकको हामीकहाँ अभाव छ । तर पनि यस दिशामा सकारात्मक सोचको निर्माण हुँदै गएको छ । आख्यानको भविष्यको लागि यो राम्रो कुरा हो ।
dur_pdl@yahoo.com
dur_pdl@yahoo.com
No comments:
Post a Comment