पेलिंदै गए पछि जिन्दगी
हेलिंदै गए पछि जिन्दगी
नदीझैं बेपर्बाह
उर्लिने रै'छ जिन्दगी
भत्काउँदै जिन्दगीका
भोकका भित्ताहरु
बग्छु भीर नदी भएर
नदीकै बेगमा
थपेर आबेगहरु
उभिएर हेर्नु
किनारमा तिमी जलनृत्य सुन्नु
जलमा लेपिएको
तरङ्ग भत्किने छन्
बहादुरीका भित्ताहरु
र
तिम्रो दु:खी आँसु
पिउने छ मेरै गोहीले तनतनी

पेलिंदै गए पछि जिन्दगी
हेलिंदै गए पछि जिन्दगी
नदीको बेगमा छु म
आउनु तिमी
किनारै किनार,बगरै बगर
र
दिनेछु अन्तिम बूँद
भेटे पछि सागर ।
.....................
उमा सुवेदी
No comments:
Post a Comment