गीत
फकाई फकाई सम्झाएर मोहनीले कस्यैा रिमै
पहिलो प्रेमको गाढा रंग, कलेजीमै घस्यैारिमै !
भन्छौ सधैँ धैर्य गर, कति गर्नु धैर्य यसै
बेला बेला रिसाउँछ्यैा, के भयो र बिना मेसै
टाढै बसी हेरे पनि, नजरमा बस्यैा रिमै
पहिलो प्रेमको गाढा रंग, कलेजीमै घस्यैारिमै !
असंभव मेरो लागि, कसरी म भुल्न सक्छु
तिम्रो साथ छोडी एक्लै, कसरी म डुल्न सक्छु
बेहोसीमै छट्पटाउँछु, मुटुभित्रै फस्यैा रिमै
पहिलो प्रेमको गाढा रंग, कलेजीमै घस्यैा रिमै !
.....................................................................
उमा सुवेदी
५ साउन २०६७
उर्मि, अर्थात छाल समुद्रको । तर उर्लिन्छन् मनमा पनि भावनाका अनेक अनेक छालहरु । ती छालहरु नै मेरा कलमबाट शब्द बनेर निस्कन्छन् । शब्दले भावहरु बोक्छन्, विचारहरु बोक्छन् । तिनै विचारहरुलाई पोख्न मन लाग्छ यहाँ तपाईँहरुका सामु । तिनै भावनालाई अभिब्यक्त गर्न मन लाग्छ यहाँ तपाईँहरुसित । वास्तवमा लेखन भनेको आफैँसितको एकालाप मात्र हैन, तपाईँ र मबीचको सम्बाद पनि रहेछ ।
Popular Posts
-
http://shahibinod.blogspot.com/2013/07/blog-post_28.html पाँचथरमा जन्मिएर झापामा हुर्किएकी उमा सुवेदी ले कामका सिलस...
-
आँखामा बस्यो उसैको झल्को लहरसँगै बगेर हेरेँ मायाको साँघु तरेर यतै फर्केला एकदिन भनेर हेरेँ तिर्सना साथमा लिएर बस्छ किनार एकदिन सागर...
-
(मिति २०७० भाद्र २० गते शुक्रवार प्रकाशित "शुक्रवार"मा प्रकाशित अन्तर्वार्ता)
-
~गजल~ नियतिको भर परी रूँदै बसे हार हुन्छ संघर्षमा उत्रिए पो जिन्दगीको सार हुन्छ । एकै गर्भ उस्तै पीडा एउटै हुन्छ प्रसव त्यो छो...
-
गीत फकाई फकाई सम्झाएर मोहनीले कस्यैा रिमै पहिलो प्रेमको गाढा रंग, कलेजीमै घस्यैारिमै ! भन्छौ सधैँ धैर्य गर, कति गर्नु धैर्य यसै बेला बेला ...
-
A price to pay (The Kathmandu Post-August 2,2013) Richa Bhattarai AUG 02 - Given the growing number of Nepali worke...
-
नेपालमा दसैँको चहलपहल सुरु भइसक्यो होला । रेडियो र टेलिभिजनमा मालश्री धुन बज्न थाल्यो होला । लामो दूरीका बसहरु बुक भइसके होलान् । विभिन्न क...
-
-रामशरण बजगाई ‘उताबाट आमा रुँदै भन्न थालिन्, पार्वती अहिले नेपाल नफर्की ।…. त्यताबाट कमाएर मेरो खातामा पठाएको जम्मै पैसा तेरा दाइलाई स...
-
-गीत- सपनीका मिलनहरू, विपनीमा पाउने भए पर्खिनु है मेरो हजुर, वरपीपल झैं छाउने भए ! जिन्दगीको गोरेटोमा, एक्लो हिड्न गाह्रो रैछ साँचो मा...
Wednesday, July 21, 2010
Monday, July 12, 2010
कविता : जीवन गति
जीवन गति
पेलिंदै गए पछि जिन्दगी
हेलिंदै गए पछि जिन्दगी
नदीझैं बेपर्बाह
उर्लिने रै'छ जिन्दगी
भत्काउँदै जिन्दगीका
भोकका भित्ताहरु
बग्छु भीर नदी भएर
नदीकै बेगमा
थपेर आबेगहरु
उभिएर हेर्नु
किनारमा तिमी जलनृत्य सुन्नु
जलमा लेपिएको
तरङ्ग भत्किने छन्
बहादुरीका भित्ताहरु
र
तिम्रो दु:खी आँसु
पिउने छ मेरै गोहीले तनतनी
पेलिंदै गए पछि जिन्दगी
हेलिंदै गए पछि जिन्दगी
नदीको बेगमा छु म
आउनु तिमी
किनारै किनार,बगरै बगर
र
दिनेछु अन्तिम बूँद
भेटे पछि सागर ।
.....................
उमा सुवेदी
पेलिंदै गए पछि जिन्दगी
हेलिंदै गए पछि जिन्दगी
नदीझैं बेपर्बाह
उर्लिने रै'छ जिन्दगी
भत्काउँदै जिन्दगीका
भोकका भित्ताहरु
बग्छु भीर नदी भएर
नदीकै बेगमा
थपेर आबेगहरु
उभिएर हेर्नु
किनारमा तिमी जलनृत्य सुन्नु
जलमा लेपिएको
तरङ्ग भत्किने छन्
बहादुरीका भित्ताहरु
र
तिम्रो दु:खी आँसु
पिउने छ मेरै गोहीले तनतनी
पेलिंदै गए पछि जिन्दगी
हेलिंदै गए पछि जिन्दगी
नदीको बेगमा छु म
आउनु तिमी
किनारै किनार,बगरै बगर
र
दिनेछु अन्तिम बूँद
भेटे पछि सागर ।
.....................
उमा सुवेदी
Subscribe to:
Posts (Atom)