गीत
फकाई फकाई सम्झाएर मोहनीले कस्यैा रिमै
पहिलो प्रेमको गाढा रंग, कलेजीमै घस्यैारिमै !
भन्छौ सधैँ धैर्य गर, कति गर्नु धैर्य यसै
बेला बेला रिसाउँछ्यैा, के भयो र बिना मेसै
टाढै बसी हेरे पनि, नजरमा बस्यैा रिमै
पहिलो प्रेमको गाढा रंग, कलेजीमै घस्यैारिमै !
असंभव मेरो लागि, कसरी म भुल्न सक्छु
तिम्रो साथ छोडी एक्लै, कसरी म डुल्न सक्छु
बेहोसीमै छट्पटाउँछु, मुटुभित्रै फस्यैा रिमै
पहिलो प्रेमको गाढा रंग, कलेजीमै घस्यैा रिमै !
.....................................................................
उमा सुवेदी
५ साउन २०६७
उर्मि, अर्थात छाल समुद्रको । तर उर्लिन्छन् मनमा पनि भावनाका अनेक अनेक छालहरु । ती छालहरु नै मेरा कलमबाट शब्द बनेर निस्कन्छन् । शब्दले भावहरु बोक्छन्, विचारहरु बोक्छन् । तिनै विचारहरुलाई पोख्न मन लाग्छ यहाँ तपाईँहरुका सामु । तिनै भावनालाई अभिब्यक्त गर्न मन लाग्छ यहाँ तपाईँहरुसित । वास्तवमा लेखन भनेको आफैँसितको एकालाप मात्र हैन, तपाईँ र मबीचको सम्बाद पनि रहेछ ।
Popular Posts
-
A price to pay (The Kathmandu Post-August 2,2013) Richa Bhattarai AUG 02 - Given the growing number of Nepali worke...
-
२०७० भाद्र २२ गतेको नागरिक अक्षरमा प्रकाशित संस्मरण - http://nagarikplus.nagariknews.com/images/flippingbook/2013_September_07/nagari...
-
ठन्डे सपने - उमा सुबेदी यह ठन्डी रात काली रात शून्यता पे विलिन रात खुदको धुन्ध में लपेटकर टकटकी आँखों से देखती हुई यह रात । बर्फ ...
Wednesday, July 21, 2010
Monday, July 12, 2010
कविता : जीवन गति
जीवन गति
पेलिंदै गए पछि जिन्दगी
हेलिंदै गए पछि जिन्दगी
नदीझैं बेपर्बाह
उर्लिने रै'छ जिन्दगी
भत्काउँदै जिन्दगीका
भोकका भित्ताहरु
बग्छु भीर नदी भएर
नदीकै बेगमा
थपेर आबेगहरु
उभिएर हेर्नु
किनारमा तिमी जलनृत्य सुन्नु
जलमा लेपिएको
तरङ्ग भत्किने छन्
बहादुरीका भित्ताहरु
र
तिम्रो दु:खी आँसु
पिउने छ मेरै गोहीले तनतनी
पेलिंदै गए पछि जिन्दगी
हेलिंदै गए पछि जिन्दगी
नदीको बेगमा छु म
आउनु तिमी
किनारै किनार,बगरै बगर
र
दिनेछु अन्तिम बूँद
भेटे पछि सागर ।
.....................
उमा सुवेदी
पेलिंदै गए पछि जिन्दगी
हेलिंदै गए पछि जिन्दगी
नदीझैं बेपर्बाह
उर्लिने रै'छ जिन्दगी
भत्काउँदै जिन्दगीका
भोकका भित्ताहरु
बग्छु भीर नदी भएर
नदीकै बेगमा
थपेर आबेगहरु
उभिएर हेर्नु
किनारमा तिमी जलनृत्य सुन्नु
जलमा लेपिएको
तरङ्ग भत्किने छन्
बहादुरीका भित्ताहरु
र
तिम्रो दु:खी आँसु
पिउने छ मेरै गोहीले तनतनी
पेलिंदै गए पछि जिन्दगी
हेलिंदै गए पछि जिन्दगी
नदीको बेगमा छु म
आउनु तिमी
किनारै किनार,बगरै बगर
र
दिनेछु अन्तिम बूँद
भेटे पछि सागर ।
.....................
उमा सुवेदी
Friday, June 25, 2010
~गजल~
नियतिको भर परी रूँदै बसे हार हुन्छ
संघर्षमा उत्रिए पो जिन्दगीको सार हुन्छ ।
एकै गर्भ उस्तै पीडा एउटै हुन्छ प्रसव त्यो
छोरी जन्मे अभिशाप छोरा उपहार हुन्छ?
छोराछोरी बराबरी सुनाउने नारा भए
सुन्ने अनि सुनाउनेकै नीति दुर्इ धार हुन्छ ।
अन्ध परम्परा अब तोड्नै पर्छ सबै मिली
दुबै पाङ्ग्रा सँगै गुडे जीवन कहाँ भार हुन्छ ?
................................
-उमा सुवेदी
२०६७ असार १२
Tuesday, June 1, 2010
गजल (आमा )
म आमा पुकार्दै रमाउन पाऊँसयौँ साल तिम्रो मनाउन पाऊँ
तिमी श्रृष्टि मेरी तिमी दृष्टि मेरी
पुजी पाऊ माथै झुकाउन पाऊँ
न खानू न प्यूनू दुख्यौ धेर
साह्रै रुझेका परेली सुकाउन पाऊँ
दियौ ज्ञान सारा मलाई तिमीले
म बाँची सुमार्गै समाउन पाऊँ,
अँध्यारो छ सारा तिमी साथ छैनौ
सधैँ संझनामा हराउन पाऊँ !
...................................
उमा सुवेदी
Monday, May 31, 2010
सपनीका मिलनहरू
-गीत-
सपनीका मिलनहरू, विपनीमा पाउने भए
पर्खिनु है मेरो हजुर, वरपीपल झैं छाउने भए !
जिन्दगीको गोरेटोमा, एक्लो हिड्न गाह्रो रैछ
साँचो माया लाए पछि बिछोडिन सारो रैछ
नभुल्नु है कहिल्यै पनि, दोहोरीमा गाउने भए
पर्खिनु है मेरो हजुर,वरपीपल झै छाउने भए !
बसेकी छु भेट हुने आशा मनमा सँगालेर
अतीतका पलहरू, मन भरी अँगालेर
यो मनको मेरो हजुर, चोखो माया लाउने भए
पर्खिनु है मेरो हजुर, वरपीपल झैं छाउने भए !
................................................................
© उमा सुवेदी
Saturday, May 29, 2010
स्वर्ग पनि पाइदो रैछ
-गीत-
जिउन जाने यही जुनीमा स्वर्ग पनि पाइदो रैछ
माया दिने एउटा मान्छे सबैलाई चाहिंदो रैछ
आकाशका तारा पनि जूनलाई पर्खी बस्दा रैछन्
चाँदनीको किरणसँगै मीठो प्रीति साट्दा रैछन्
मन मिले एक अर्कामा चोखो माया लाइदो रैछ
माया दिने एउटा मान्छे सबैलाई चाहिंदो रैछ
अन्धकारलाई मेटाउन बिहानीले खुल्नै पर्छ
दु:ख परे आंसु पुछ्ने एउटा हात त हुनै पर्छ
मन मिले चौतारीमा वरपीपल झैं छाइंदो रैछ
माया दिने एउटा मान्छे सबैलाई चाहिंदो रैछ !
........................................................
©उमा सुवेदी
-गजल-
वसन्तको मुनासँगै मनै हरियो
हजुरलाई देखी यसै बेहोस परियो
परेलीकै चाल गरी बात मार्ने रहर
पल-पलै यादमा डुबी हाय ! मरियो
धेरै खोजेँ रोक्नलाई मनै मानेन
उमङ्गले मन भरि मात भरियो
लजालु त्यो चाल कस्तो छोइ हाल्यो
मन एक नजर जुधाउन भेलै तरियो
कति मीठा पर्खाइका प्रतिपलहरू
लुकी-छिपी हेर्न हजुर डेरै सरियो
....................................
©उमा सुवेदी
२०६७ बैशाख १५
Subscribe to:
Posts (Atom)