http://nepalihimal.com/article/1464
राजेन्द्र पराजुली
विगत केही वर्षदेखि मुलुकको अर्थतन्त्रलाई चलायमान बनाएको छ, रेमिट्यान्सले । नवोदित लेखिका उमा सुवेदीको उपन्यास तोदा की मूलपात्र पार्वती र थुप्रै सहायक पात्र रेमिट्यान्सवाहक बनेका छन् । देशभित्र आवश्यक रोजगारी उपलब्ध गराउन सकिएको छैन । यहाँको बन्द–व्यापार क्षेत्र उत्पादनमूलकभन्दा पनि कुतखोरीमा बढी केन्द्रित छ । यसकारण बलिष्ठ पाखुराहरु वैदेशिक रोजगारीमा जान बाध्य छन् । पछिल्लो समय इजरायल लगायतका मुलुकमा नेपाली महिलाले पाउन थालेको ‘केयरगिभर’ को काम राम्रो आम्दानीको स्रोत बन्न पुगेको छ ।
उपन्यासकी प्रमुख पात्र पार्वती पनि देशको बढ्दो बेरोजगारी दर, माओवादी त्रास तथा परिवारको कमजोर आर्थिक अवस्थाका कारण इजरायलको रोजगारीमा पुग्छे । २०५२ को अन्त्यतिर शुरु भएर बीचमै तुहिएको दशक लामो माओवादी सशस्त्र द्वन्द्वका कारण स्वदेशमा ‘गरिखान’ नपाएकाहरुको यथार्थ कथा हो तोदा । ‘यदि माओवादी द्वन्द्व नभइदिएको भए देशले विकासको एउटा गति लिइसक्ने थियो, प्रशस्त रोजगारी सृजना हुन्थ्यो र मुलुकको समग्र अर्थतन्त्र बलियो बन्थ्यो’ भनी तर्क गर्ने अर्थशास्त्री थुप्रै छन् । आर्थिक कोणबाट नियाल्ने हो भने तोदा उपन्यासको निष्कर्ष पनि यही नै हो । जबसम्म आफ्नो सिङ्गो जिन्दगी बन्धकी राखेर पार्वतीहरु वैदेशिक रोजगारीमा गइरहन्छन् तबसम्म यो मुलुकको अर्थतन्त्र चलायमान भइरहन्छ ।
चाहे पार्वतीले दिनरात एक बनाएर कमाएर पठाएको पैसा बदमास दाजुले चप्काइदिएको अवस्था नै किन नहोस्, मुलुकमा पैसा भित्रिरहन्छ । तोदा को कथाले वैदेशिक रोजगारी त्यो पनि बूढाबूढीको र्यालसिंगान र दिसापिसाब सफा गर्नुपर्ने ‘केयरगिभर’ नामको अरुचिकर श्रमको मात्र चर्चा गरेको छैन, उमेरअनुसार स्वाभाविक रुपमा नारी मनभित्र पलाउने यौनेच्छाको चर्चा पनि गरेको छ । सेक्सटोयको प्रयोग, बालुवामाथि शरीरका संवेदनशील अंगलाई स्पर्श गराउने रोशनी लगायतका पात्र सबै जीवन्त लाग्छन् । लेखिकाले आफूलाई पार्वतीमा आरोपित गर्ने प्रयत्न गरेकी छन् र पार्वती मार्फत नै आफ्ना कुरा राखेकी छन् । उपन्यासमा वर्णित वैदेशिक रोजगारीमा जाने महिलाको कथा नभोगिकन यति विश्वसनीय ढंगमा लेख्न असम्भवप्रायः छ ।
इजरायलमा प्राकृतिक समुद्रसँग नजिक रहेर आफूलाई हलुका बनाएकी पार्वतीले नेपाल आएर समुद्र पराजुलीसँग बिहे गर्नु, मङ्गलसूत्र थुतेर सडकमा फ्याँक्नु, अचानक शुरु भएको दावित नामको पात्रसँगको प्रेमलाई विना प्रसङ्ग ओझेल पार्नु, अन्त्यमा नेपाल फर्कन लागेको वेला आमाको फोन आएर विमानस्थलमै रोकिनु जस्ता अपत्यारिला सन्दर्भले यो उपन्यासलाई बढी ‘फिल्मी’ र ‘सस्पेन्स’ बनाएको छ । ‘ट्वाइलेट र मन सधैं सफा राख्नुपर्छ’ यो वाक्य उपन्यासको उत्कृष्ट वाक्य हो ।
यो उपन्यास बहुचरित्रयुक्त छ । कतिपय ठाउँमा अप्रासङ्गिक पात्रले प्रवेश गरेर उपन्यासलाई अर्कै बाटोमा पनि लगिदिन्छ, जुन पाठकले चाहेका हुँदैनन् । त्यसैले यसका सबै पात्र पाठकलाई याद हुँदैन । ६० नाघेर पनि जवानका जस्ता क्रियाकलाप देखाउने मालिया, कडा मिजासकी इनेस, रोगले थिलथिलिएकी रवाया जस्ता पात्र पाठकका मनमा गहिरोसँग बस्नेछन् । लेखिकाले कतिपय सन्दर्भमा पात्रलाई बोल्न नदिएर आफैं बोलिदिएकी छन्, जसका कारण केही घटना कम विश्वसनीय हुन पुगेको छ । तथापि, उपन्यासमा जोडिएको घटना हालको जल्दोबल्दो विषय हो । किनकि उपन्यासले नेपालको जनसङ्ख्याको धेरै हिस्सा ओगट्ने निम्न तथा निम्न मध्यमवर्गीय नागरिकको बाध्यताको कथा उठाएको छ ।
उपन्यासमा वर्णित इजरायली पात्र अधिकांश यहुदी छन् । लाखौं यहुदीको हत्या गर्ने निरङ्कुश शासक हिटलरको जीवन समाप्त भएको लामो समय बितिसक्दा पनि इजरायलमा रहेका यहुदी धर्मावलम्बी त्रसित छन् । तिनको मनमस्तिष्कमा हिटलर र उसका अनुयायी नाजीहरुले तनाव दिइरहन्छन् । त्यसैगरी, नेपाली पात्रहरुचाहिं माओवादी सशस्त्र द्वन्द्वबाट प्रताडित भइरहन्छन् । पार्वतीले थुप्रै आफन्त एक दशक लामो यही घरेलु द्वन्द्वमा गुमाएकी छ, थातथलोबाट टाढिएकी छ । यसकारण पनि तोदा लाई युद्धविरोधी, शान्तिकामी उपन्यासको कोटिमा राख्न सकिन्छ ।
तोदा मा कुनै पनि लेखकले लेख्नै पर्ने एउटा विषय उठाइएको छ । यसको भाषा काव्यिक र सुरुचिपूर्ण छ । कथावाचनको शैली रुचिकर छ । उपन्यासको शीर्षक नै हिबु्रबाट राखिएको छ, जसको अर्थ हुन्छ ‘धन्यवाद’ । यसका अतिरिक्त कथाको माग अनुरुप स्थानीय भाषा तथा रंगको प्रयोग हुनु पनि प्रशंसनीय छ । एउटा नवोदित लेखिकाले आफ्नो पहिलो कृति मार्फत नै यति गहिरो छाप छोड्न सक्ने सामथ्र्य राख्नु समग्र नेपाली साहित्यका निम्ति सुखद् संयोग हो ।

No comments:
Post a Comment