
-गजल-
वसन्तको मुनासँगै मनै हरियो
हजुरलाई देखी यसै बेहोस परियो
परेलीकै चाल गरी बात मार्ने रहर
पल-पलै यादमा डुबी हाय ! मरियो
धेरै खोजेँ रोक्नलाई मनै मानेन
उमङ्गले मन भरि मात भरियो
लजालु त्यो चाल कस्तो छोइ हाल्यो
मन एक नजर जुधाउन भेलै तरियो
कति मीठा पर्खाइका प्रतिपलहरू
लुकी-छिपी हेर्न हजुर डेरै सरियो
....................................
©उमा सुवेदी
२०६७ बैशाख १५
No comments:
Post a Comment