Popular Posts

Friday, June 25, 2010



~गजल~
नियतिको भर परी रूँदै बसे हार हुन्छ
संघर्षमा उत्रिए पो जिन्दगीको सार हुन्छ ।

एकै गर्भ उस्तै पीडा एउटै हुन्छ प्रसव त्यो
छोरी जन्मे अभिशाप छोरा उपहार हुन्छ?

छोराछोरी बराबरी सुनाउने नारा भए
सुन्ने अनि सुनाउनेकै नीति दुर्इ धार हुन्छ ।

अन्ध परम्परा अब तोड्नै पर्छ सबै मिली
दुबै पाङ्ग्रा सँगै गुडे जीवन कहाँ भार हुन्छ ?
................................
-उमा सुवेदी
२०६७ असार १२

No comments:

Post a Comment