Popular Posts

Monday, February 4, 2013

गजल लहरसँगै बगेर हेरेँ


आँखामा बस्यो उसैको झल्को लहरसँगै बगेर हेरेँ मायाको साँघु तरेर यतै   फर्केला एकदिन भनेर हेरेँ

तिर्सना साथमा लिएर बस्छ किनार एकदिन सागर छुन मुटुको भित्री कुनामा आज आशाको दियो बालेर हेरेँ

 नजिक आइ हेरेथ्यो जब खै के भो के भो झुकेथ्यो नयन सपना मीठो देखेर उनको जीवनमा एकछिन पसेर हेरेँ

जलेको मन बलेको छाती मनकै घरमा धुवाउँछ सधैँ अतित सारा बिर्सनलार्इ पराइ जस्तै बनेर हेरेँ

छल्किन्छ नयन पोखिन्छ आँसु निष्ठूरी यादले सताइ दिँदा क्षितिज पारी पहेँली घाम एक पल्ट फेरि बसेर हेरेँ
उमा सुवेदी

Wednesday, January 23, 2013

तिमीलाई नै खोजी रहें


 
हरेक पल यी आँखाले, तिमीलाई नै खोजी रहें
कहाँ होलान् माया भन्दै, वतासलाई सोधी रहें

मेरा हरेक चाहना छन् , तिमी अ।उने अ।श भित्र
मात्र तिम्रो नाम भेट्छु , मैले फेर्ने सास भित्र
मैले हिड्ने गोरेटोले , तिम्रै साथ रोजी रहे
कहाँ होलान् माया भन्दै ,वतासलाई सोधी रहें

मिर्मिरेको भाले वास्यो , डुबी तिम्रै कल्पनामा
अँ।सु खसे सिरानीमा ,हरपल तिम्रै सम्झनामा
टुटेको यो मुटुलाई, अ।शै अ।शले जोडी रहें
कहाँ होलान् माया भन्दै, वतासलाई सोधी रहें
 

Thursday, November 22, 2012

गजल- मन पगाल्दै थिएँ


हुरी चल्दै थियो दियो बाल्दै थिएँ सम्झनामा कतै मन पगाल्दै थिएँ

 आकाश गड्गडाइ झरी दर्की दियो ओत छैन कतै छानो टाल्दै थिएँ

 मनै मक्के पछि साँघु भत्किएछ पारी पुग्न पाइलो  म उचाल्दै थिएँ

 ठेल्यो माथि पहिले   तल  झार्छ अहिले  जीवन यात्रा मेरो  म उकाल्दै थिएँ

 दिनु हुन्न याद अरू बढ्न भन्थेँजरा फैलिएछन्  हाँगा ढाल्दै थिएँ

 उमा सुवेदी


Friday, August 10, 2012

कविता

ठन्डे सपने
- उमा सुबेदी


यह ठन्डी रात
काली रात
शून्यता पे विलिन रात
खुदको धुन्ध में लपेटकर
टकटकी आँखों से देखती हुई यह रात ।

बर्फ की ठंडी से सिकुडी हुई
रुग्ण सर्दी के बैसाखी के सहारे चलती हुई
यह जीर्ण बुढी रात
निश्वास लेती हुई वक्त के सिंढियों पे चढती जा रही है ।
लडखडाती हुई, गिरती हुई, सम्भलती हुई
कभी डुबती हुई, कभी उतरती हुई
बेमतलब लम्बी होती जा रही है
दम घुटते हुए आगे चली जा रही है ।

सागर के उस ओर से
मुस्कराता हुवा
चाँदविहीन आकाश उलाहने दे रहा है,
पर
यह काली रात
यह अकेली रात
मेरी हो सकी न आकाश की
हुई तो केवल तनहाईं की ।

मेरे ठंडे सपनों की ढाकीयां ढोकर
निरन्तर अकेली चल रही है
यह काली अँधियारी रात ।



(नेपाली से अनुवाद- सुमन पोखरेल)

Sunday, January 29, 2012

नीद पनि जागै बस्यो

नीद पनि जागै बस्यो, तिम्रो मीठो बोली सुत्र
एकै वचन बोल्न पनि, तिमीलाई फुर्सद हुन्न

दिन बित्यो बल्लतल्ल, रात ढल्न बाँकी नै छ
टुटी सक्यो धैर्य मेरो, आफैँ गल्न बाँकी नै छ
ढुक्ढुकीकै पुकार रै’छ, सम्झाउँदा छुँदै छुत्र
एकै वचन बोल्न पनि, तिमीलाई फुर्सद हुन्न

कोल्टे फेर्दै सास तान्दै, आफैँ बीच बिझाउँछु
तिमी उता मेरो नीद, कसरी म निदाउँछु !
परलीको बाँध फुट्ला, सक्दिनँ म एक्लै थुन्न
एकै वचन बोल्न पनि, तिमीलाई फुर्सद हुन्न
तिर्सनाका छालहरू
उमा सुवेदी
 

Wednesday, July 21, 2010

गीत : आंसु त्यसै खस्यो रिमै

गीत

फकाई फकाई सम्झाएर मोहनीले कस्यैा रिमै
पहिलो प्रेमको गाढा रंग, कलेजीमै घस्यैारिमै !

भन्छौ सधैँ धैर्य गर, कति गर्नु धैर्य यसै
बेला बेला रिसाउँछ्यैा, के भयो र बिना मेसै
टाढै बसी हेरे पनि, नजरमा बस्यैा रिमै

पहिलो प्रेमको गाढा रंग, कलेजीमै घस्यैारिमै !

असंभव मेरो लागि, कसरी म भुल्न सक्छु
तिम्रो साथ छोडी एक्लै, कसरी म डुल्न सक्छु

बेहोसीमै छट्पटाउँछु, मुटुभित्रै फस्यैा रिमै

पहिलो प्रेमको गाढा रंग, कलेजीमै घस्यैा रिमै !
.....................................................................
उमा सुवेदी
५ साउन २०६७

Monday, July 12, 2010

कविता : जीवन गति

जीवन गति
पेलिंदै गए पछि जिन्दगी
हेलिंदै गए पछि जिन्दगी
नदीझैं बेपर्बाह
उर्लिने रै'छ जिन्दगी

भत्काउँदै जिन्दगीका
भोकका भित्ताहरु
बग्छु भीर नदी भएर
नदीकै बेगमा

थपेर आबेगहरु
उभिएर हेर्नु
किनारमा तिमी जलनृत्य सुन्नु
जलमा लेपिएको
तरङ्ग भत्किने छन्
बहादुरीका भित्ताहरु


तिम्रो दु:खी आँसु
पिउने छ मेरै गोहीले तनतनी
पेलिंदै गए पछि जिन्दगी
हेलिंदै गए पछि जिन्दगी

नदीको बेगमा छु म
आउनु तिमी
किनारै किनार,बगरै बगर

दिनेछु अन्तिम बूँद
भेटे पछि सागर ।
.....................
उमा सुवेदी