जीवन गति
पेलिंदै गए पछि जिन्दगी
हेलिंदै गए पछि जिन्दगी
नदीझैं बेपर्बाह
उर्लिने रै'छ जिन्दगी
भत्काउँदै जिन्दगीका
भोकका भित्ताहरु
बग्छु भीर नदी भएर
नदीकै बेगमा
थपेर आबेगहरु
उभिएर हेर्नु
किनारमा तिमी जलनृत्य सुन्नु
जलमा लेपिएको
तरङ्ग भत्किने छन्
बहादुरीका भित्ताहरु
र
तिम्रो दु:खी आँसु
पिउने छ मेरै गोहीले तनतनी
पेलिंदै गए पछि जिन्दगी
हेलिंदै गए पछि जिन्दगी
नदीको बेगमा छु म
आउनु तिमी
किनारै किनार,बगरै बगर
र
दिनेछु अन्तिम बूँद
भेटे पछि सागर ।
.....................
उमा सुवेदी
उर्मि, अर्थात छाल समुद्रको । तर उर्लिन्छन् मनमा पनि भावनाका अनेक अनेक छालहरु । ती छालहरु नै मेरा कलमबाट शब्द बनेर निस्कन्छन् । शब्दले भावहरु बोक्छन्, विचारहरु बोक्छन् । तिनै विचारहरुलाई पोख्न मन लाग्छ यहाँ तपाईँहरुका सामु । तिनै भावनालाई अभिब्यक्त गर्न मन लाग्छ यहाँ तपाईँहरुसित । वास्तवमा लेखन भनेको आफैँसितको एकालाप मात्र हैन, तपाईँ र मबीचको सम्बाद पनि रहेछ ।
Popular Posts
-
विचार महिला मनोविज्ञान सगुना शाह उपन्यासमार्फत आख्यानको क्षेत्रमा प्रवेश गरेकी उमा सुवेदी निकै फराकिलो विषयवस्तु र मानवीय संवेदनाका...
-
-रामशरण बजगाई ‘उताबाट आमा रुँदै भन्न थालिन्, पार्वती अहिले नेपाल नफर्की ।…. त्यताबाट कमाएर मेरो खातामा पठाएको जम्मै पैसा तेरा दाइलाई स...
-
http://www.rajdhani.com.np/en/interview/-----/12682 उमा सुवेदी नेपाली साहित्यमा उदाउँदै गरेकी लेखिका हुन् । ‘तप्किएर अञ्जुलीमा’ (गजलसंग्र...
-
हरेक पल यी आँखाले, तिमीलाई नै खोजी रहें कहाँ होलान् माया भन्दै, वतासलाई सोधी रहें मेरा हरेक चाहना छन् , तिमी अ।उने अ।श भित्र मात्र...
-
आमा हुनु सर्वोत्तम अनुभूति -उमा सुवेदी/आख्यानकार गीत र गजलबाट साहित्यमा प्रवेश गरेकी उमा सुवेदीको पहिलो उपन्यास हो–‘तोदा’ । सशस्त्र ...
-
http://www.himalkhabar.com/?p=29423 तोदा रव्बा उमा मेरो स्कुले साथी उमाले लेखेको उपन्यास ‘तोदा’ धेरै हिसाबले उत्कृष्ट छ । भूमि भण्डा...
-
‘ एकान्तकुना ,भैँसेपाटी ,बुङमती !’ फुच्चे केटो रत्नपार्कमा एउटा हात हल्लाएर कराइरहेको छ ।बेला बेला ऊ नजिकै रहेको थोत्रो मिनी बस...
-
http://shahibinod.blogspot.com/2013/07/blog-post_28.html पाँचथरमा जन्मिएर झापामा हुर्किएकी उमा सुवेदी ले कामका सिलस...
-
विचार महिला मनोविज्ञान सगुना शाह उपन्यासमार्फत आख्यानको क्षेत्रमा प्रवेश गरेकी उमा सुवेदी निकै फराकिलो विषयवस्तु र मानवीय संवेदन...
No comments:
Post a Comment