Popular Posts

Saturday, May 29, 2010

स्वर्ग पनि पाइदो रैछ


-गीत-

जिउन जाने यही जुनीमा स्वर्ग पनि पाइदो रैछ
माया दिने एउटा मान्छे सबैलाई चाहिंदो रैछ


आकाशका तारा पनि जूनलाई पर्खी बस्दा रैछन्
चाँदनीको किरणसँगै मीठो प्रीति साट्दा रैछन्
मन मिले एक अर्कामा चोखो माया लाइदो रैछ
माया दिने एउटा मान्छे सबैलाई चाहिंदो रैछ

अन्धकारलाई मेटाउन बिहानीले खुल्नै पर्छ
दु:ख परे आंसु पुछ्ने एउटा हात त हुनै पर्छ
मन मिले चौतारीमा वरपीपल झैं छाइंदो रैछ
माया दिने एउटा मान्छे सबैलाई चाहिंदो रैछ !
........................................................
©उमा सुवेदी

No comments:

Post a Comment