आँखामा बस्यो उसैको झल्को
लहरसँगै बगेर हेरेँ मायाको साँघु तरेर यतै   फर्केला एकदिन भनेर हेरेँ 
तिर्सना साथमा लिएर बस्छ
किनार एकदिन सागर छुन मुटुको भित्री कुनामा आज आशाको
दियो बालेर हेरेँ 
जलेको मन बलेको छाती मनकै
घरमा धुवाउँछ सधैँ अतित सारा बिर्सनलार्इ पराइ
जस्तै बनेर हेरेँ 
छल्किन्छ नयन पोखिन्छ आँसु
निष्ठूरी यादले सताइ दिँदा क्षितिज पारी पहेँली घाम एक
पल्ट फेरि बसेर हेरेँ 
उमा सुवेदी